राष्ट्रपति  पौडेलले गरे तीन देशका लागि राजदूत नियुक्त

राष्ट्रपति  पौडेलले गरे तीन देशका लागि राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका लागि राजदूत नियुक्त गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार फ्रान्स, संयुक्त अरब इमिरेट्स र कुवेतका लागि राजदूत नियुक्त गरेका हुन् । 

जसअनुसार सुधीर भट्टराई फ्रान्सको राजदूतमा नियुक्त भएका छन् । तेजबहादुर क्षेत्रीलाई संयुक्त अरब इमिरेट्स  र घनश्याम लम्साललाई कुवेतका लागि राजदूत नियुक्त गरिएको छ ।