आज सुनचाँदीको मूल्य बढ्यो कि घट्यो ?

आज सुनचाँदीको मूल्य बढ्यो कि घट्यो ?

काठमाडौं । आइतबार सुनको मूल्य स्थिर र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य शुक्रबार जस्तै एक लाख ११ हजार एक सय रुपैयाँ तोकिएको छ ।

तेजावी सुनको मूल्य एक लाख १० हजार ५५० रुपैयाँ छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।


आज चाँदीको प्रतितोला मूल्य १४ सय ६५ रुपैयाँ कायम भएको छ । शुक्रबार १४ सय ५० रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।