कृष्ण अन्जान फेसबुक स्क्रोल गरिरेहको थियो । अचानक एउटा फेन्ड रिकवेस्ट आयो । को रहेछ ? भनेर हेरेको त विद्यार्थी जीवनकी हुन नसकेकी प्रेमिका परिछन् । उनले पठाएको रिकेवेस्ट एकसेप्ट गरेपछि म्यासेज आयो, ‘अहिले पनि पहिले जस्तै घमण्डी हुनुहुन्छ कि फेरिनुभयो ?’त्यो म्यासेज आउना कृष्ण आफ्नो विगत सोच्दछ । उसको स्मरणमा आउँछ उसको स्कुले जीवन । अनि प्रसंग सुरु हुन्छ यसरी....
पढाई कस्तो रहेछ नारायणगढको पढाई ? कुन–कुन स्कूलको सरसँग ट्युसन पढ्नु भयो ? खर्च कति लाग्दो रहेछ ? गाऊँमा प्रस्तावित मा.बि बाट टेस्ट परिक्षा पास गरेर एस.एल.सी तयारीको लागि ट्यूसन पढ्न गएका कुमार दाईलाई कृष्णले सोध्छ । राम्रो पढाउने सरसँग समय पाउन गाह्रो । एउटै कक्षामा धेरै विद्यार्थी, उताका विद्यार्थीहरु हामीभन्दा जान्ने । दुई महिनाभित्र सबै भ्याउन पर्ने । गाह्रो छ फस्ट डिभिजन ल्याउनलाई ! तिमि अब ९ मा पढ्छौ । अहिलेसम्म स्कूल प्रथम छौ । राम्रो सँग पढ्न पायौ भने तिमीले फस्ट डिभिजन ल्याउँछौ । तिम्रा नातेदार पनि भरतपुर बस्नु हुन्छ । घरमा कुरा गरेर नारायणगढ बालकुमारीमा पढ्न जाऊ कुमारले कृष्णलाई सल्लाह दिन्छन् । घर गएर कुँडियामा दुध तताई राखेको अगेनामा आगो ताप्दै बुबालाई कसरी भन्ने सोच्न थाल्छ कृष्ण । बुबा पनि घर टुप्लुक्क आईपुग्नु हुन्छ । लुगा फेरि हात खुट्टा धोई पँचायन थानमा सन्ध्याकालीन आरती सकेर बुबा पनि अगेनामा आगो ताप्न आउनुहुन्छ । कृष्ण आफ्नो प्रस्ताबिक मा.बि को बारेमा कुरा गर्न थाल्छ । बुबा पनि बिद्यालय सन्चालक समितिका सदस्य । तराई तिरबाट ल्याईएको शिक्षक भाषा नमिल्ने पढाउन नजान्ने । केहि सोध्यो रिसाउने । यो पाराले एस.एल.सी मा नम्बर ल्याउन सकिदैन । अघिल्लो बर्ष पनि दुई जना सेकेन्ड डिभिजन, दुई जना थर्ड डिभिजन गरी जम्मा ४ जना पास भए । यसपाली पनि कुमार दाईहरु डराउनु भा छ । म त भरतपुर काकाको घरमा बसेर नारायणगढ पढ्न पाए हुने । बुबाले केही बेर सोच्नुभयो र भन्नुभयो उसको पनि ४ बच्चा बस्ने ठाऊँ के पुग्ला र ?
कुराकानी पछि बुबाले नारायणगढ पढ्न पठाउने निर्णय गर्नुभयो । कृष्णले पढेको स्कूलमा कुरा भयो तर स्कूल सँचालक समितिबाट व्यापक विरोध भयो । संचालक समितिका सदस्यको छोरो राम्रो बिद्यार्थी निकाल्न पाईदैन । सर्टिफिकेट नदिने निर्णय भयो । बालकुमारी स्कूलमा कुरा भयो मार्कसिटको भरमा भर्ना हुने भयो । गाऊँको केटो नयाँ ठाऊँ, नया परिवेश । आर्थिकरुपले सम्पन्न साथीहरुको बिचमा । कृष्ण मिलनसार, यसो जोक पनि भन्ने, पढाईमा राम्रो नया साथीहरुसँग घुलमिल भई हाल्यो । स्कूलमा डे«स सरसफाई सबै चिटिक्क हुन पर्ने । आज पहिलो बेन्चमा बसेको बिध्यार्थी भोली दोस्रोमा एबँ रितले सबैको अगाडीपछाडी रोटेशन हुने । रोलक्रम अनुसार सबै लाईनमा सामेल हुन पर्ने केटाकेटी बिना भेदभाव । किताव कक्षामा राखेर लाईनको काम सकायर कक्षामा आउदा कापीको बिचमा प्रेमपत्र पो छ । कृष्ण जिल्ल पर्छ । कसलाई भन्ने कि के गर्ने ? पढेर खल्तीमा हाल्छ । घर लैजाऊ कसैले देखे गाली पनि खाने लाज पनि लाग्ने । च्यातेर फालुँ च्यात्न मन छैन !
आखिर उमेर त्यस्तै अनि चिठी दिने पनि पछाडीबाट एकोहोरो हेरिरहने साथीसँग कृष्णको एकोहोरो प्रसँसा गर्ने सामुन्ने पर्यो लगलग हुने श्वास नै नफेर्ला भन्ने डर । नयाँ स्कूल, नयाँ सपना आफ्नो मात्र होईन परिवार सहितको । धेरै प्रतिस्पर्धीहरु आफ्नो गाऊँको स्कूलले खुच्चिङ भन्ला भन्ने डर । भरतपुरमा बिभिन्न ठाऊँका लेभलका बिध्यार्थीहरु बस्ने डेरा । नयाँ नयाँ शब्द सिक्न बि.ए पढ्ने दाईहरुसँग सोध्ने । कक्षामा सबै शिक्षकहरुले बिश्वास । नेपालीको गुरूले साह्रै कडा गरेर जाँच्दा उत्कृष्ट तिनमा । आफ्नो कक्षाकोठा आफैले सफा गर्न पर्ने गु्रपमा परेका केटीसाथीहरुले गरिदिने कृष्ण उभिदिए पुग्ने । कक्षा ९ को परिक्षा सकियो उत्कृष्ट ५ भित्र रिजल्ट आयो ।
कृष्णलाई आफन्तमा बस्न मन लागेको थिएन । केही साथीहरुसँग कुरा गरेको थियो । प्रेमपत्र लेख्ने साथीले आफ्नै घर जाने बाटो नजिक कोठा नखोजी दिएको पनि होईन तर बस्न डरायो । गाऊँको सामान्य आर्थिक हैसियतको केटो शहरमा राम्रै ब्यापार भएको ब्यापारिको छोरी साह्रै मन परेर पनि टाढा हुन चाहिरहेको थियो । त्यो बेलामा भरतपुरमा ऐलानि जग्गाहरु थियो तर किनबेच हुने । ठूला सँरचना नहुने जग्गा ओगट्न साना टहरा बनाएर बस्ने । त्यस्तै टहरामा एकजना आफन्तको छोरासँग बस्न थाल्यो । पकाउने सफा गर्ने लुगा धुने सबै आफै गरेर बस्ने । पुषको महिना घाम लागेन लुगा सुकेन स्कूल कडा बिना ड्रेस जान नपाईने । रातभरिमा लुगा सुकोस् भनेर बत्ति बालेर बल्वको वरिपरि लुगा बेरेर सुत्यो बिहान त बल्बको तातोले लुगा मै प्वाल । स्कूल जान ड्रेस नै छैन । घरबाट पठाई दिएको जमेको घ्यू। सिल्वरको चम्चाले झिक्न लागेको चम्चा नै भाचियो स्टभमा तताउने भाको हर्लिक्सको शिशिको पिँध झरेर हेर्दा हेर्दै घ्यू स्वाहा। कोठा पुरै कालो, कपडा हेरिनसक्नु ।
यस्तै पाराले चल्दै थियो । ती नानीले आफ्नै घर वरिपरि लान खोज्ने । एकदिन अँग्रेजी शिक्षकले अफिसमा बोलाउनु भयो । के भयो भनी डराउदै अफिस पुगे । सरल सोध्नुधयो, कृष्ण तिमी कहाँ बस्छौ? म भरतपुर ऐलानीमा बस्छु । आऊ म कहाँ बस । कृष्ण अलमलियो । सरले कुरा थप्दै भन्नुभयो मेरो घरमा एउटा कोठा दिन्छु । खाना हामी सङ्गै खाऊ । असजिलो लाग्छ भने महिनावारी केही पैसा देऊ । अनि तिमी र गणेशसँगै पढ्नु । सरको छोरा गणेश र कृष्णको एउटै कक्षा थियो । कृष्ण सरको घरको माथिल्लो तलामा बस्न थाल्यो । माथिल्लो तलामा एउटा ठूलो कोठा थियो बाँकी खाली कौशी । कृष्ण अँग्रेजी सरको घरमा बस्न थालेको कक्षामा प्राय सबैलाई थाहा भयो । अनि ती नानीले सरसँग बर्ष भरि ट्यूसन पढ्न थालिन् । स्कूलबाट सोझै सरको घरमा । अब कृष्ण र उनी एउटै घरमा। एउटाले अर्कोलाई सोझै नहेर्ने, नबोल्ने तर लुकिलुकी हेरेर धित नमर्ने । एकदिन केही ढिलो गरि आईन् भने कृष्णलाई बेचैनी हुने । स्कूलमा साथीहरुले नाम जोडेर जिस्क्याई दिए नि हुने नि भन्ने लागिरहने ।
एकअर्कालाई माया र सद्भावना गर्ने । अरु केटाहरूसँग बोल्यो भने बेचैन हुने । एकले अर्काको हर कुरामा ख्याल गर्ने । यस्तै गर्दा गर्दै एस.एल.सी परिक्षा सकियो । स्कुले साथीहरुसँगै फिल्म हेर्ने कुरा भयो । सबै साथीहरु फेरि फेरि कपडा अनि होटलमा खर्च । कृष्णको स्कूल ड्रेस बाहेक अरु खासै कपडा थिएन झन् होटलमा खर्च गर्न पैसा हुने कुरै भएन । ऊ गाऊँ फर्कियो । बेचैन भईरहने, देख्न मन लाग्ने । कहिलै काहिँ सपनामा देख्ने । कृष्णको छिमेकी जसको भरतपुरमा पनि घर थियो । एउटै कक्षा तर सेक्सन भिन्दै केटी । त्यो कुरा ती नानीले पत्ता लगाएर साथी बनिछिन् । अनि साथीको गाऊँ घुम्न जाने भनेर घरबाट बिदा लिएर कृष्णको छिमेकमा पुगिछिन् । तर कृष्ण पहाड घर गएको थियो । पहाडबाट फर्किएपछि कृष्णले थाहा पायो । छिमेकी दिदीसँग रिसाएको जस्तो गर्यो तर मनमनै किन पहाड गएछु भनेर पछुतो भयो । एसएलसी रिजल्ट आयो । कृष्ण राम्रो अँकसहित प्रथम श्रेणीमा पास भयो । काठमाडौं तिर पढ्न खोजेको हो तर भरतपुरमा साइन्समा भर्ना भयो । त्यो कुरा उनले पनि थाहा पाईन् अनि त्यहि क्याम्पसमा आर्ट्समा भर्ना भईन् । क्याम्पसमा केटीहरुले गुन्यू चोलो ड्रेस थियो । कृष्ण उनीले गुन्यू चोलो लाउँदा मेरी डल्लीलाई कस्तो देखिएला सोच्दै बहुत कौतुहल । क्याम्पस सुरु भयो उनी आईन् । तर पहाडमा नभेटेको रिसले उनी कृष्णसँग बोल्न छाडिन् । कृष्णले पनि बोलाउन चाहेन । प्रेम सम्बन्ध अघि बढ्न नपाउँदै टुकियो ।
-आरेस भारद्वाज