हब इन्टरनेशनलले धूमधामका साथ मनायो १८ औँ वार्षिक उत्सव

हब इन्टरनेशनलले धूमधामका साथ मनायो १८ औँ वार्षिक उत्सव

काठमाडौँ । हब इन्टरनेशनल एजुकेशन प्रालीले आफ्नो १८ औँ वार्षिक उत्सव धूमधामका साथ मनाएको छ । हबले विदेशमा पढ्न जाने विद्यार्थीहरुलाई सहयोग गर्ने गर्दछ । विद्यार्थीलाई विभिन्न भाषा तयारीदेखि लिएर काउन्सिलिङ, युनिभर्सिटी एड्मिशन, भिसा प्रोसेस लगायतका काममा सघाउने गर्दछ । 

आफ्नो कार्य कुशलताका कारण हब विगत १८ वर्षदेखि विशिष्ट एजुकेशन कन्सल्टेन्सीको रूपमा परिचित छ । यो कन्सल्टेन्सी हालै हात्तीसार स्थित आफ्नो नवनिर्मित भवनमा सरेको छ । सुविधा सम्पन्न सो भवनबाट आफ्नो कार्य सञ्चालन गरिसकेको हबले अष्टेलिया, न्युजिल्याण्ड, युके, आयरल्यान्ड, युएसए, क्यानडा र इन्डियालगायतका देशमा अध्ययन गर्न जान चाहने विद्यार्थीको लागि परामर्श प्रदान गर्दछ । 

विश्व विद्यालयबाट स्वीकृति प्राप्त, अन्तर्राष्ट्रिय स्तरका विभिन्न डिप्लोम्याट र विभिन्न संस्थाहरूबाट क्वालीफाइड, सर्टिफाइड काउन्सिलर रहेको हबले सुरुदेखि नै आफ्नो भिसाको हाई सक्शेस रेसियोमा  विद्यार्थीलाई सेवा प्रदान गर्दै आएको छ । 

यसका सञ्चालक उद्धव खड्का अन्टरप्रेनरसिप अन इन्टरनेशनल एजुकेशनमा विद्यावारिधि पनि गरेका छन् भने सह सञ्चालक सरिता खड्का एमवीए ग्रयाजुयट हुन् । हबको नेपालमा कुमारीपाटी, चितवन,बुटवल भैरहवा र पोखरामा शाखाहरू रहेका छन् । 

विदेसमा पनि हबको शाखा कार्यालयहरू रहेका छन् । हवको कर्पोरेट अफिस पर्थमा रहेको छ भने भारत, पाकिस्तान, श्रीलङ्का, फिलिपिन्स र युकेमा पनि यसले शाखा विस्तार गरिसकेको छ । 

आईरिन र नायरको मेम्बर पनि रहेको यस संस्थाले विश्वभरका करिब २ सय युनिभर्सिटी र कलेजहरूमा प्रत्यक्ष रूपमा काम गर्दछ । 

आफ्नो सुरुवाती दिनदेखि नै देश र समाजलाई सेवा गर्नुपर्छ भन्ने हिसाबले हब इन्टरनेशनल एजेकेशनले आफ्नो महत्त्वपूर्ण दिनको उपलक्ष्यमा विभिन्न सामाजिक कार्य गर्दै आएको छ । हरेक वर्ष वार्षिक उत्सवका दिन रक्तदान कार्यक्रमको आयोजना गर्ने, हरेक वर्ष दुई जना गरिब तथा जेहेन्नदार विद्यार्थीलाई आर्थिक सहयाेग गर्ने, विभिन्न विपदमा राहत प्रदान गर्ने कामलाई पनि हबले निरन्तरता दिँदै आएको छ ।