राष्ट्रपति पौडेलले बोलाए सर्वदलीय बैठक, यस्ता छन् छलफलका एजेण्डा

राष्ट्रपति पौडेलले बोलाए सर्वदलीय बैठक, यस्ता छन् छलफलका एजेण्डा

काठमाडौँ । संघीय संसद्मा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सर्वदलीय बैठक बोलाएका छन् । 

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार संसद्मा‌ प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई मंगलबार बिहान साढे ८ बजे शितल निवास बोलाइएको हो । 

सुन प्रकरणलाई लिएर विपक्षी दल नेकपा एमालेले पटक(पटक संसद् अवरुद्ध पार्दै आएको छ । सभामुख देवराज घिमिरे र राष्ट्रपति सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यसअघि राष्ट्रपति पौडेललाई भेट्दै संसद्‌को गतिरोध अन्त्यको लागि पहल गर्न आग्रह गरेका थिए ।

एमालेले सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन आयोग गठनको माग गरिरहेको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवासँग राष्ट्रपति पौडेलले परामर्श गरेका थिए ।