सामसङ ग्यालेक्सी जेड फ्लिप ५ र जेड फोल्ड ५ को अनावरणपछि रिटेलर मिट

सामसङ ग्यालेक्सी जेड फ्लिप ५ र जेड फोल्ड ५ को अनावरणपछि रिटेलर मिट

काठमाडौँ । काठमाडौंमा ग्यालेक्सी जेड फ्लिप ५ र जेड फोल्ड ५ को अनावरणपछि सामसङ नेपालले काठमांडौमा रिटेलर मिट कार्यक्रमको आयोजना गरेको छ । रिटेलर मिटमा नयाँ फोल्डयोग्य उपकरणहरुका साथमा कारोबार गर्ने प्रतिष्ठित ९०  जना भन्दा बढी व्यापारी साझेदारहरुको उपस्थिति रहेको कम्पनीले जनाएको छ । 

कार्यक्रममा नयाँ मोडलहरु ग्यालेक्सी जेड फोल्ड ५ र ग्यालेक्सी जेड फ्लिप ५ का विशेषताहरु, जस्तै पकेटेबिलिटी, कभर स्क्रीन, फ्लेक्स मोड, वाइड स्क्रीन, ईमर्सिभ भिउइंग, सेल्फि लगायतको विशेषताका विषयमा चर्चा भएका थिए । ग्यालेक्सी जेड फ्लिप ५ एकै प्रकार (८ प्लस २५६ जिबि) मा मात्र उपलब्ध छ भने यसको मुल्य रु.१ लाख ३९ हजार ९ सय ९९ तोकिएको छ । 

यस्तै ग्यालेक्सी जेड फोल्ड ५  (१२ प्लस२५६ जिबि) को मूल्य रु.२ लाख २६ हजार ९ सय ९९ र ग्यालेक्सी जेड फोल्ड ५ (१२ प्लस ५१२ जिबि) को मूल्य रु.२ लाख ३९ हजार ९ सय ९९ कायम गरिएको छ ।

यी मोडलहरुको प्रिअर्डरसाउन २२ गतेदेखि नै शुरु भैसकेको छ ।