स्वास्थ्य मन्त्रालयको निर्देशनपछि भरतपुर अस्पतालमा ४ सय बेड निःशुल्क

स्वास्थ्य मन्त्रालयको निर्देशनपछि भरतपुर अस्पतालमा ४ सय बेड निःशुल्क

काठमाडौं । भरतपुर अस्पतालले अन्तरङ्ग सेवाका चार सय जनरल बेड (शैया) निःशुल्क गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार अस्पतालले शुक्रबारदेखि बेड निःशुल्क उपलब्ध गराएको हो । 

अस्पतालका प्रवक्ता वरिष्ठ फिजिसियन डा. गोविन्द कँडेलले एक विज्ञप्ति प्रकाशित गरी अस्पतालले निःशुल्क शय्या उपलब्ध गराउन सुरु गरेको जानकारी दिए । उनले क्रिटिकल केयर (आइसियु, सिसियु, पिआइसियु, एनआइसियु), पोष्टअपरेटिभ वार्ड, क्याबिन, एचडियु, स्पाइन, कार्डियाक, न्यूरोसर्जरी र अर्थोपेडिक बार्डमा भने न्यूनतम सेवा शुल्क कायम गरिएको बताए । 

अस्पतालमा हाल छ सय शय्या सञ्चालनमा छन् । अस्पतालमा ओपिडि (बहिरङ्ग) सेवाको टिकट पनि निःशुल्क छ । भरतपुर अस्पतालमा देशभरबाट उपचारका लागि बिरामी आउने गर्दछन् । अस्पतालमा पछिल्लो समय दैनिक एक हजार पाँच सयदेखि दुई हजार बिरामी उपचारका लागि आउने गरेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बताए ।