बढ्यो पेट्रोल डिजेलको मूल्य, प्रतिलिटर कति ?

बढ्यो पेट्रोल डिजेलको मूल्य, प्रतिलिटर कति ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्यवृद्धि गरेको छ । मंगलबार राति बसेको निगम सञ्चालक समिति बैठकले डिजल र मट्टीतेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको निगम स्रोतले जानकारी दिएको छ ।

यो संगै अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर  १७५ रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य  १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।