मेडक्वेष्ट डाइग्नोष्टिक सेन्टरको सेवा विस्तार, गुर्जुधारामा विशेष शाखा संचालन

मेडक्वेष्ट डाइग्नोष्टिक सेन्टरको सेवा विस्तार, गुर्जुधारामा विशेष शाखा संचालन

काठमाडौं । कीर्तिपुरमा मुख्यालय रहेको मेडक्वेष्ट डाइग्नोष्टिक सेन्टरले आफ्नो विशेष शाखा चन्द्रागिरि नगरपालिका १२ गुर्जुधाराबाट पनि संचालनमा ल्याएको छ । कीर्तिपुरमा अत्याधुनिक प्रविधिको डाइग्नोष्टिक सेवावाट सर्वसाधारणको मन जित्दै आएको मेडक्वेष्ट डाइग्नोष्टिक सेन्टरले गुर्जुधारामा समेत आफ्नो विशेष शाखा संचालन गरे पछि गुर्जुधारावासी खुशी  भएको  समाजसेवी तथा व्यवसायी रामनारायण घिमिरेले बताए । गुर्जुधारा चोकस्थित सपिङ सेन्टरमा मेडक्वेष्टले शनिबारबाट सो सेवा सुरू संचालनमा ल्याएको हो । 

गुर्जुधारा सेन्टरमा हर्मोन जाँच, मृगौला जाँच, कलेजो जाँच, रगतमा बोसोको मात्रा जाँच, रक्तकोष जाँच, मुटु जाँच, मधुमेह जाँच, भिटामीन डी ३, १२,  हाड तथा जोर्नी सम्बन्धी जाँच लगायतका सेवा उपलब्ध हुने सञ्चालक शितलराज भुषाल जानकारी दिए । 

सेन्टरको विवेकशील साझा पार्टीकी अध्यक्ष समिक्षा वास्कोटा र चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरीले संयुक्त उद्घाटन गरेका थिए । गुर्जुधारा मेडक्वेष्ट डाइग्नोष्टिक सेन्टरले हरेक दिन बिहान ७ बजेबाट साँझ  ७ बजेसम्म सेवा दिने सञ्चालक बुद्धलक्ष्मी महर्जन जानकारी दिए ।