राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, के भयो कुराकानी ?

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् । राष्ट्रपति पौडेलका प्रेस सल्लाहाकार किरण पोखरेलले दिएको जानकारीअनुसार राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्ड शीतलनिवास पुगेका हुन् ।

भेटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो इटाली भ्रमणलगायत समसामयिक राजनीतिक विषयमा जानकारी गराएका थिए ।

“यो नियमति भेटघाट हो । प्रधानमन्त्री इटालीबाट फर्केपछि सम्माननीयज्यूलाई भेट्न आउनुभएको हो,” पोखरेलले भने, “समसामयीक विषयमा कुराकानी भए ।”