शीर्ष नेताहरूको दोस्रो बैठक पनि निष्कर्षविहीन, मंगलबार पनि सदन खुल्नेमा आशंका

शीर्ष नेताहरूको दोस्रो बैठक पनि निष्कर्षविहीन, मंगलबार पनि सदन खुल्नेमा आशंका

काठमाडौँ । संसद्‍ अवरोध खुलाउने सम्बन्धमा शीर्ष नेताहरूबीच सोमबार बसेको दोस्रो चरणको बैठक पनि बिना निष्कर्ष टुंगिएको छ । बिहान बसेको बैठकमा सहमति नजुटेपछि साढे ३ बजेपछि अर्को चरणको बैठक डाकिएको थियो ।

नेताहरूबीच सहमति हुन नसक्दा मंगलबार बिहान १० बजे अर्को बैठक बस्ने भन्दै सोमबारको बैठक टुंगिएको हो । यद्यपि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने संसद्‍को अवरोध खुलाउने विषयमा सबै सहमत रहेको र सकारात्मक रुपमा छलफल बढेको प्रतिक्रिया दिएका थिए ।

नेकपा एमालेका नेताहरूले भने सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गरिरहेका छन् । एमालेका सचेतक महेश बर्तौलाले भने सरकारको अडानका कारण बैठक रोकिएको प्रतिक्रिया दिएका छन् । संसद् बैठक  मंगलबार दिउँसो ३ बजेका लागि आह्वान गरिएको छ ।