दोलखामा पहिरोले घर पुरिँदा ४ जना बेपत्ता

दोलखामा पहिरोले घर पुरिँदा ४ जना बेपत्ता

काठमाडौँ । दोलखाको गौरीशङ्कर गाउँपालिका–८ स्थित टोपाटारमा पहिरोले घर पुरिँदा ४ जना बेपत्ता भएका छन् ।  राति एउटै घरमा बसेका ४ जना बेपत्ता भएको दोलखाका प्रहरी नायव उपरीक्षक दीपक खड्काले जानकारी दिए । 

बेपत्ता हुनेमा हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर र निजकी पत्नी तथा १५ महिनाका बालक प्रिन्स थामी बेपत्ता भएका छन् । घटनास्थलमा पहिरो पन्छाउने काम भइरहेको डिएसपी खड्काले जानकारी दिए ।