मध्यरातमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि, प्रतिलिटर कति ?

मध्यरातमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि, प्रतिलिटर कति ?

काठमाडौं । नेपाल आयल निगम निगमले ईन्धनको मूल्य वृद्धि गरेको छ ।  निगमले एक सूचना जारी गर्दै आजै राति १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्य वृद्धि गरेको हो । निगमको आज बसेको बैठकले मूल्य समायोजन गरी स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोल तथा डिजेल÷मट्टितेलमा क्रमशः प्रतिलिटर ९ र ७ रुपैयाँले वृद्धि गरेको जनाएको छ ।

यससँगै अब नयाँ मूल्यअनुसार तेस्रो वर्गको पेट्रोल १ सय ७३, दोस्रो वर्गको १ सय ७२ र तेस्रो वर्गको पेट्रोल १ सय ७०.५० रुपैयाँ प्रतिलिटर पर्न गएको छ । त्यस्तै, एलपीजी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटाइएको आयोगका सूचनामा उल्लेख छ । इण्डियन आयल कर्पोरेशनबाट आज आएको नयाँ मूल्यअनुसार पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर ८.१४ र ६.८६ रुपैयाँले वृद्धि भएको र एलपी ग्यासमा भने ११७.६२ रुपैयाँ घटेर आएको निगमले जनाएको छ । त्यसैअनुसार मूल्य समायोजन गरिएको निगमको भनाइ छ ।