काठमाडौं महानगरपालिका भित्रका १ हजार ७ सय शिक्षक अन्तरविद्यालय सरुवा हुने

काठमाडौं महानगरपालिका भित्रका १ हजार ७ सय शिक्षक अन्तरविद्यालय सरुवा हुने

काठमाडौं ।  काठमाडौं महानगरपालिकाभित्र शिक्षकहरुको अन्तरविद्यालय सरुवा हुने भएको छ । सामुदायिक विद्यालयका प्रधानाध्यापक छनोट र अन्तरविद्यालय शिक्षक सरुवासम्बन्धी कार्यविधिमा सो व्यवस्था रहेको काठमाडौं महानगरपालिकाले जनाएको छ । ‘दरबन्दी मिलान तथा प्रअ व्यवस्थापनसम्बन्धी कार्यविधि–२०८०’ मा यस्तो व्यवस्था गरिएको छ’ महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले भने । 

काठमाडौँ महानगरपालिकाको ८९ वटा सामुदायिक विद्यालयमा  १ हजार ७ सय जना शिक्षक कार्यरत रहेको महानगरपालिकाले जनाएको छ ।