आज सुनको मूल्य कति छ ?

आज सुनको मूल्य कति छ ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

गत शुक्रबारको तुलनामा आज सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार एक सयमा कारोबार भएको थियो । सोही मूल्यमा आज पनि कारोवार भएको हो । 

त्यस्तै छापावाल सुन प्रति १० ग्राम ७९ हजार ८२० मा कारोबार भइरहेको छ । 

आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार २६० मा कारोबार भइरहेको छ ।