नयाँ दल दर्ताको तयारीमा रेशम चौधरी

नयाँ दल दर्ताको तयारीमा रेशम चौधरी

काठमाडौं । टीकापुर घटनाका मुख्य अभियुक्त मानिएका निलम्बित सांसद रेशमलाल चौधरीले नयाँ दल दर्ताको तयारीमा लागेका छन् । चौधरीले मधेसवादी दल परित्याग गरी नयाँ दल गठन गर्न लागेका हुन् । 

कर्तव्य ज्यान मुद्दामा डिल्लीबजार कारागारमा रहेका चौधरीले पुस १८ गते २०१ जनाको केन्द्रीय सदस्य रहने गरी नयाँ दल दर्ता गर्न लागेको उनी निकटस्थ स्रोतले जनाएको छ । 

थरूहट क्षेत्रलाई आधारभूमि बनाएर चौधरीले गठन गर्न लागेको नयाँ दलको नाम नागरिक प्रजातान्त्रिक समाजवादी पार्टी हुनेछ । उक्त पार्टीको चुनाव चिन्ह ढकिया राख्न लागिएको छ । 

चौधरी कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते भएको नरसंहारका मुख्य आरोपित हुन् ।