२९० जना कोरोनाका नयाँ संक्रमित थपिए

२९० जना कोरोनाका नयाँ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा तथा कोरोना भाइरस ‘कोभिड – १९’ का थप २९० जना संक्रमित थपिएका छन् ।

एकै दिन देशभर १७ हजार ८९ जनामा गरिएको परीक्षणका क्रममा २९० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार १२ हजार ४७३ जनामा  पीसीआर परीक्षण गर्दा २५३ जना र ४ हजार ६१६ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै सोही समयमा देशभर २३२ जना संक्रमित निको भएका छन् । पछिल्लाृ २४ घण्टामा देशभर थप ३ जनाको मृत्यु भएको छ । 

हाल देशभरी ५ हजार २४२ जना सक्रिय संक्रमित रहेका छन् ।