१३ हजारमा परिक्षण गर्दा ३४१ जनामा संक्रमण पुष्टि

१३ हजारमा परिक्षण गर्दा ३४१ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३४१  जनामा कोरोना भाइरसक संक्रमण पुष्टि भएको छ ।देशभर १३ हजार २३६ जनामा गरिएको परिक्षणका क्रममा ३४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा ३७६ जनाले कोरोना जितेका छन् । 

पछिल्लो २४ घन्टामा ३ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ५७ पुगेको छ।

हाल देशभर ५ हजार ८२४ सक्रिय संक्रमित रहेका छन् ।