नेप्सेमा ८० अंकको गिरावट

नेप्सेमा ८० अंकको गिरावट

काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक (नेप्से)मा ८० अंकको गिरावट आएको छ । आज दिउँसो साढे १ सम्ममा बजारमा एक सय अंकको गिरावट आएको थियो ।

पछि फेरि बजारमा सामान्य सुधार हुँदै आएपनि अन्ततः ८० अंकको गिरावटसँगै बजार बन्द भएको हो । 

सोमबार नेप्से परिसूचक ७९ दशमलव २३ अंकले घटेर २ हजार २ सय ८२ अंकमा झरेको हो ।

त्यस्तै नेप्से परिसूचकसँगै ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव ४७ अंकले घटेको छ ।

 दिनभर भएका ६२ हजार ८ सय ९ कारोबारबाट २३३ कम्पनीका ९६ लाख ७९ हजार ७२ वटा कारोबार भएका छन् । जसबाट कारोबार रकम ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार १ सय ७८ रुपैयाँ भएको छ ।