काठमाडौं उपत्यकामै थपिए काेराेनाका १५४ जना नयाँ संक्रमित

काठमाडौं उपत्यकामै थपिए काेराेनाका १५४ जना नयाँ संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामात्रै पछिल्लो २४ घण्टामा १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

जसमध्ये सबैभन्दा धेरै काठमाडौंमा ११९ मा संक्रमण पुष्टि भएको छ । त्यस्तै ललितपुरमा ३० र भक्तपुरमा ५ संक्रमित थपिएका छन् । 

योसँगै देशभर २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर गरिएको ८ हजार ६८२ जनामा गरिएको कोरोना परीक्षणका क्रममा सो संख्या संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

त्यस्तै सोही समयमा २३४ जनाले कोरोना जितेका छन् । कोरोना जित्नेको दर ९७.९ प्रतिशत हो । नेपालमा हाल ५ हजार ८९० जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।