सेयर बजारमा एकै दिन ८८ अंकको गिरावट

सेयर बजारमा एकै दिन ८८ अंकको गिरावट

काठमाडौ । साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक (नेप्से)मा भारी अंकको गिरावट आएको छ । आज नेप्से ८८.७० अंकले घटेर २३६१ अंकमा रोकिएको छ ।

आज कारोबार रकममा भने सामान्य सुधार आएको छ । 

१८४ कम्पनीको सेयर मूल्य घट्यो भने जम्मा ५ कम्पनीको सेयर मूलय बढेको छ । आज ३ अर्ब १९ करोड रुपैयाँको सेयर कारोवार भएको छ । जुन गत विहीबारको तुलनामा बढी हो । बिहीबार २ अर्ब ६७ करोडको कारोबार भएको थियो ।

आज सबै उपसमूह राताम्मे भएका छन् । बैंकिङ ४४, ब्यापार १८९, होटल तथा पर्यटन ८७, विकास बैंक २८१, जलविद्युत १२४, फाइनान्स १००, निर्जीवन बीमा ४९०, उत्पादन १८६, अन्य ६३, माइक्रोफाइनान्स १७५, जीवन बीमा ५०७ र लगानी उपसमूह ३ अंकले घटेको छ ।