यसअघिको खोपले ओमिक्रोनका लागि काम नगर्ने, बुस्टर जोड अनिवार्य

यसअघिको खोपले ओमिक्रोनका लागि काम नगर्ने, बुस्टर जोड अनिवार्य

काठमाडौं । हालै भेटिएको कोरोनाको नयाँ भेरिन्ट ओमिक्रोन संक्रमणबाट जोगिन कोरोना विरुद्ध बनेका दुई डोज खोप पर्याप्त नहुने भन्दै बेलायतका वैज्ञानिकहरुले सचेत गराएका छन् । प्रारम्भिक अध्ययनले कोरोनाका ओमिक्रोन र डेल्टा भेरियन्ट विरुद्ध खोप खासै प्रभावकारी नभएको पाइयो । तर बुस्टरका रुपमा दिइएको तेस्रो डोज खोपपछि भने ७५ प्रतिशत प्रभावकारी भएको अध्ययनबाट देखिएको छ । 

खोपको प्रभावकारिताका विषयमा अध्ययन र विश्लेषण भइरहँदा बेलायतमा भने कोरोना संक्रमण निरन्तर रुपमा बढिरहेको छ ।
पछिल्लो २४ घन्टामा मात्रै ५८ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । यो संख्या गत जनवरी ९ यताकै सबैभन्दा बढी हो । बेलायतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या पनि बढ्दो क्रममा छ । बितेको २४ घन्टामा मात्रै ४ सय ४८ जना ओमिक्रोन संक्रमित थपिएका छन् ।

हालसम्म ओमिक्रोन संक्रमित हुनेको संख्या १ हजार २ सय ६५ पुगेको छ । बढ्दो संक्रमणको जोखिम कम गर्न बेलायतले सार्वजनिक स्थलमा मास्कको प्रयोग अनिवार्य गरिसकेको छ ।