नेपालमा अझै ५ हजार ९९७ सक्रिय संक्रमित

नेपालमा अझै ५ हजार ९९७ सक्रिय संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ४७२ पीसीआर परिक्षण र ४ हजार १५ एन्टिजेन परीक्षणका क्रममा २५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

त्यस्तै पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कूल मृत्यु हुनेको संख्या ११ हजार ५ सय ५२ पुगेको छ ।

शुक्रबार ३३७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ५ हजार ९९७ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।