सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलाको ?

सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलाको ?

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदी दुबैको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एकसय रुपैयाँले र चाँदी तोलामा १५ रुपैयाँले घटेको हो ।  घटेको मूल्यअनुसार आज सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । 

हिजो बजारमा सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ र चाँदी एक हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै, यता तेजाबी सुनको मूल्य समेत  आज एक सय रुपैयाँले नै घट्दै ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

शुक्रबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार १८५ रुपैयाँ कायम भएको छ ।