साताको अन्तिम दिन सेयर बजारको ओरालो यात्रा कायमै

साताको अन्तिम दिन सेयर बजारको ओरालो यात्रा कायमै

काठमाडौं । यो साता सेयर बजार परिसूचक (नेप्से)को ओरोलो यात्रा कायमै रहेको छ । लागातार आरालो लागेको नेप्से साताको अन्तिम दिन बिहीबार पनि सामान्य अंकको गिरावट आएको हो ।

आज नेप्से परिसूचक ५.८४ अंकले घटेर २४४९.९७ अंकमा बन्द भएको हो । नेप्से ०.२४ प्रतिशतले घटेको हो ।

त्यस्तै, ठूला कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.४३ अंकले बढेर ४६५.२३ विन्दुमा पुगेको छ । 

आज २३१ कम्पनीको ६२ लाख २३ हजार ७२१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६७ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

आज ७२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १०६ वटा कम्पनीको सेयर मूल्य घटेको हो । त्यस्तै १२ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।