कोरोना अपडेटः २११ जना नयाँ थपिए, ३२९ जना संक्रमित निको

कोरोना अपडेटः २११ जना नयाँ थपिए, ३२९ जना संक्रमित निको

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ९ हजार ४५१ नमुना परीक्षणका क्रममा २११ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । 

त्यस्तै सोही समयमा देशभर ३२९ जनाले कोरोना जितेका छन् । 

यस्तै पछिल्लो २४ घण्टामा थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर ६ हजार १०५ जना सक्रिय संक्रमित रहेका छन् ।