एकै दिन २ लाख ८३ हजारले लगाए कोरोनाविरुद्धको खोप, २८० जनामा संक्रमण पुष्टि

एकै दिन २ लाख ८३ हजारले लगाए कोरोनाविरुद्धको खोप,  २८० जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार १ सय ६८ जनामा गरिएको पीसीआर परीक्षणबाट २५५ जनामा र ३ हजार ६ जनामा गरिएको एन्टीजेन परीक्षणबाट २५ जनामा संक्रमण पुष्टि भएको हो । 

त्यस्तै सोही समयमा ३६६ जनाले कोरोना जितेका छन् । हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार २३९ पुगेको छ। 
त्यसैगरी पछिल्लो २४ घण्टामा २ जनाको मृत्‍यु भएको छ । योसँगै हालसम्म देशभर ११ हजार ५४५ जना संक्रमितको मृत्यु भएको छ । 

काठमाडौं उपत्यकामा १४६ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा १००, ललितपुरमा ३१ र भक्तपुरमा १५ जना संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा २ लाख ८३ हजार १३२ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।