नेप्से परिसूचक ५३ अंकले घट्यो

नेप्से परिसूचक ५३ अंकले घट्यो

काठमाडौं । सेयर बजार परिसूचक नेप्से बुधबार पनि घटेको छ । आज परिसूचक ५३.१० अंकले घट्दै २४५५.८० बिन्दुमा झरेको छ । आज नेप्से २.१२ प्रतिशतले घटेको हो । 

बजार घटेसँगै कारोबार रकम पनि घटेको छ । आज २२६ वटा कम्पनीको ६५ करोड ६० लाख ९४७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६६ करोड ३९ लाख ९ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

पछिल्लो समय सेयर बजार निरन्तर ओरालो लाग्न थालेको छ । राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेसँगै ओरालो लाग्न सुरु गरेको सेयर बजारले अझै गति लिन सकेको छैन ।