ओमिक्रोन त्रास : विश्वका यी मुलुकहरूबाट नेपाल आउन नपाइने

ओमिक्रोन त्रास : विश्वका यी मुलुकहरूबाट नेपाल आउन नपाइने

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ छिमेकी मुलुक लगायत विश्वका १६ मुलुकमा देखा परिसकेको छ ।

दक्षिण अफ्रिकाबाट सुरु भएको उक्त भाइरस कोभिड–१९ र डेल्टा भन्दा निकै खतर्नाक रहेको जनाइएको छ । 

ओमिक्रोनको संक्रमणको खतरालाई मध्यनजर गर्दै विश्वका विभिन्न ९ मुलुकबाट नेपाल प्रवेशमा रोक लगाइने भएको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले शुक्रबारदेखि लागु हुने गरी यस्तो निर्णय गरेको हो । 

विश्का नौ मुलुकहरु दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, एस्वाटिनी (स्वाजिल्यान्ड), मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रुहरु नेपाल आउन नपाउने भएका हुन् त्यस्तै अन्य मुलुकबाट ती देशलाई ट्रान्जिट बनाएर आउने तथा पछिल्लो तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरूलाई नेपाल प्रवेशमा रोक लगाएको हो ।

अहिले आइरहेका यात्रुले भने नेपाल आइसकेपछि अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने निर्णय सरकारले गरेको छ ।