१० हजारमा परिक्षण गर्दा ३१५ जनामा कोरोना संक्रमण पुष्टि

१० हजारमा परिक्षण गर्दा ३१५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३१५ जनामा कोरोना भाइरसका संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको ९ हजार ५११ जनामा पीसीआर विधिबाट परिक्षण गर्दा २९८ जनामा र १ हजार ८९२ जनामा एन्टीजेन विधिबाट परिक्षण गर्दा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै सोही समयमा देशभर २०१ जना कोरोना मुक्त भएका छन् । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५३५ पुगेको छ ।

हाल मुलुकभर ७ हजार ४५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।