निराशाजनक नेप्से, ४९ अंकको गिरावट

निराशाजनक नेप्से, ४९ अंकको गिरावट

काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज पनि ओरोलो लागेको छ । यो साता पहिलो दिनदेखि नै ओरोलो लागेको नेप्से हिजो बुधबार भने झिनो अंकले फर्किएको थियो । 

साताको अन्तिम दिन आज ४९.०४ अंकको गिरावट आएको छ । यो साता नेप्सेको कारोबार पनि निराशाजनक बन्यो । 

लगानीकर्ताले नेपाल राष्ट्रबैंकले मौद्रक नीतिमार्फत ४.१२ को क्याप हटाउने आशामा थिए तर सो नीतिको सुनुवाई नभएपछि लगानीकर्तामा थप निराशा छाएको हो । 

साताको पहिलो दिन नेप्से ८० अंकले घटेको थियो । सोमबार पनि सेयर बजार २१.५१ अंकले घट्यो । मंलबार १.६४ अंकले घट्यो भने बुधबार सेयर बजारमा ५.२८ अंकको सुधारले झिनो आशा पलाएको थियो । तर साताको अन्तिम दिन सेयर बजा फेरि ओरालो लागेको हो । 

आज नेप्से परिसूचक अंकले ४९.०४ अंकले घटेर २५८४.६१ मा रोकिएको हो । 

आज सबै सेयर बजारका १३ वटै परिसूचक राताम्मे देखिएका छन् । बिहीबार १८८ कम्पनीका ७९ लाख ३२ हजार ७ सय ३१ सेयर खरिद विक्री हुँदा ३ अर्ब ४१ करोड ३५ लाख ८९ हजार १ सय २६ रूपैयाँ बराबरको कारोबार भएको छ । 

आज ११ कम्पनीको सेयर मूल्य उकालो लागेको छ भने १ सय ७७ कम्पनीको सेयर मूल्यमा ओरालो लागेको छ ।