नेप्सेमा ५ अंकको सुधार, काराेवार रकम घट्याे

नेप्सेमा ५ अंकको सुधार, काराेवार रकम घट्याे

काठमाडौं । लगातारको ओरालो लागेको सेयर बजार परिसूचक (नेप्से) आज भने ५ अंकले वृद्धि भएको छ । बुधबार नेप्से सूचक ५.२८ अंकले बढ्दै २६३३.६५ बिन्दुमा अडिएको हो । 

पछिल्लो तीन दिनयता नेप्सेमा  एकसय बढी अंकले गिरावट आईसकेको छ । यस्तैमा आज भने नेप्सेमा ५ अंकको सुधार भएको हो । 

त्यस्तै त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स सिज सामान्य वृद्धि भएको छ । सेन्सेटिभ इन्डेक्स १.४८ ले सुधार हुँदा ४९७.३४ विन्दुमा रोकिएको छ । 

आज २ सय २३ कम्पनीको ५३ लाख १० हजार २ सय १५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ७४ करोड २० लाख ८५ हजार ७ सय बजाबरको कारोबार भएको छ । यो हिजोको तुलनामा १.६४ अंकले घटेको हो । जबकी मंगलबार तीन अर्ब ८ करोड ९० लाख रुपैयाँको कारोबार भएको थियो । 

आज ४ उपसमूहबाहेक सबै बढेका छन् । होटल तथा पर्यटन, जीवन÷निर्जीवन बीमा र माइक्रोफाइनान्सको उपसूचक भने घटेका हुन् । आज सबैभन्दा बढी नेपाल दूरसञ्चार कम्पनीको साढे १४ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

त्यस्तै साम्लिङ पावर कम्पनी र न्यादी हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ । आज आईसीएफसी फाइनान्सको शेयर साढे पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।