कोरोना अपडेट : २५५ जना नयाँ संक्रमित थपिए

कोरोना अपडेट : २५५ जना नयाँ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

४ हजार ३ सय २९ पीसीआर विधिबाट परिक्षण गर्दा २४५ र २ हजार १ सय ४० एन्टीजेन परिक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यसै समयावधिमा २ सय ५६ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना जित्नेको संख्या ८ लाख २ हजार ९ सय ९ पुगेको छ । 

पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ५ सय २६ जना पुगेको छ । 

हालसम्म नेपालमा पीसीआर विधिबाट ८ लाख २१ हजार ३ सय ६६ जनामा र एन्टीजेन विधिबाट ९५ हजार ४ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका मात्रै १०१ संक्रमित थििपएका छन् । जसमध्ये काठमाडौंका ६१, ललितपुरका २९ र भक्तपुरका ११ जना रहेका छन् ।