नेप्सेमा सामान्य गिरावट, सेन्सेटिभ इन्डेक्स बढ्याे

नेप्सेमा सामान्य गिरावट, सेन्सेटिभ इन्डेक्स बढ्याे

काठमाडौं । साताको तेस्रो दिन मंगलबार निकै उतार–चढावपछि शेयर बजार  परिसूचक नेप्से अन्तत सामान्य गिरावट आएको छ । यसअघि आइतबार र सोमबार नै ओरोलो लागेको नेप्से आज भने सामान्य गिरावट आएको हो । 

आज नेप्से १.६४ अंकले घटेर २६२८.६४ अंकमा बन्द भएको हो । त्यस्तै त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने सामान्य वृद्धि भएको छ । इन्डेक्स ०.४ अंकले वृद्धि भई ४९५.८६ मा बन्द भएको छ । 

आज २२५ कम्पनीका ६४ लाख  ४७ हजार ४४९  कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८ करोड ९० लाख ४१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यो रकम सोमबारको तुलनामा कमी हो । जबकी सोमबार चार अर्ब ८९ लाख ३७ हजार १३३ रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । 

आज १३ उपसमूहमध्ये ७ उपसमूहको सूचक घटेको छ । आज उत्पादन तथा प्रसोधन समूहका लगानकर्ताले सबै भन्दा धेरै गुमाएका छन् । त्यस्तै सबैभन्दा बढी न्यादी जलविद्युत् कम्पनी र सामलिङ पावर कम्पनीको सेयर नौ प्रतिशतभन्दा धेरैले बढेको हो । 

यस्तै यस दिन सबै भन्दा धेरै विकास बैंक समूहका लगानीकर्ताले कमाएका छन्। यस समूहको सेयर मूल्य यस दिन ०.८३ बढेको छ ।