आज पनि  घट्यो सुनको मूल्य, कतिमा भैरहेछ कारोबार ?

आज पनि  घट्यो सुनको मूल्य, कतिमा भैरहेछ कारोबार ?

काठमाडाैं । हिजाे  एक सय रुपैयाँले घटेको सुनको मूल्य  आज पुनः एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै, तेजाबी सुनको मूल्य समेत आज एक सय रुपैयाँले नै घट्दै ९१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ । 

तर, यता चाँदीको मूल्य पनि सोमबारको तुलनामा मंगलबार तोलामा १५ रुपैयाँले घट्दै एक हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।