कोरोना अपडेटः २५९ जना नयाँ संक्रमित थपिए

कोरोना अपडेटः २५९ जना नयाँ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

७ हजार २३१ जनामा पीसीआर परीक्षण गरिएकोमा २४३ जनामा र २ हजार ६५७ जनामा एन्टीजेन परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै सोही समयमा २६४ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 सोही अवधिमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५२४ पुगेको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको छ ।

यसैगरी देशमा हालसम्म ६ हजार ९४४ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

पछिल्लो २४ घण्टामा १ लाख ४४ हजार ५३४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।