आज पनि घट्यो नेप्से, चार अर्बको कारोबार

आज पनि घट्यो नेप्से, चार अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो दिन सेयर बजार परिसूचक (नेप्से) २१ अंकको गिरावट आएको छ । 

पहिलो दिन आइतबार ८० अंकले गिरावट आएको नेप्सेमा दोस्रो दिन पनि घटेको हो । आज नेप्से २१.५१ अंकले घटेर २६ सय २९.९७ मा रोकिएको हो । त्यस्तै ‘क’ वर्गका ठूला कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि ५.९२ अंकले घटेर ४९५.५३ मा रोकिएको छ । 

आज २२८ कम्पनीका ८२ लाख २५ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८९ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको ६१ करोड रुपैयाँको शेयर किनबेच भएको छ । 

आज सबैभन्दा बढी न्यादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले ९.९९ प्रतिशतले कमाएका छन् भने सबैभन्दा बढी आईसीएफसी फाइनान्स कम्पनीका लगानीकर्ताहरुले १० प्रतिशतले गुमाएका छन् ।