८० अङ्कले घट्यो नेप्से, बजार राताम्मे

८० अङ्कले घट्यो नेप्से, बजार राताम्मे

काठमाडौं । साताको पहिलो आइतबार शेयर बजार  परिसूचक नेप्से ८० दशमलव २९ अङ्कले घटेको छ । नेप्से २ हजार ६ सय ५१ दशमलव ४९ विन्दुमा अडिएको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १४ दशमलव १९ अंकले घटेको छ ।

आज सबै समूहको शेयर ओरालो लागेको छ । जसमा व्यापार, होटल, विकास बैंक, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले घटेका छन् । 

आज २३४ कम्पनीका १ करोड १९ लाख कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५५ रुपैयाँको शेयर कारोबार भएको छ ।

समग्र बजार राताम्मे हुँदा हिमालयन पावर पार्टनर र मानुषी लघुवित्त कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेका छन् ।