एमाले महाधिवेशनमा गएका भीम आचार्य कोरोना संक्रमित, अस्पताल भर्ना गर्ने तयारी

एमाले महाधिवेशनमा गएका भीम आचार्य कोरोना संक्रमित, अस्पताल भर्ना गर्ने तयारी

काठमाडौं ।  चितवनमा जारी नेकपा (एमाले) को १० राष्ट्रिय महाधिवेशन उद्घाटन र बन्दसत्र कार्यक्रममा सहभागी हुन पुगेका पार्टीका सचिव भीम आचार्य कोरोना संक्रमित भएका छन् ।

शनिवार कोरोना संक्रमण पुष्टि भएको आचार्य आईसोलेसनमा थिए । उनको स्वास्थ्यमा थप समस्या देखिएपछि अहिले उनलाई अस्पताल लैजाने तयारी भईरहेको छ । 

एमालेको १० औं महाधिवेशनमा सहभागी भएका एमाले सचिव भीम आचार्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

आचार्यले १०औं महाधिवेशनबाट पुनः सचिवमै दोहोरिने आकांक्षा राखेका थिए । तर कोरोना संक्रमण भएपछि उनलाई अस्पताल लैजाने तयारी भएको उनी निकटस्थले जानकारी दिएका छन् । 

आचार्यको सम्पर्कमा पुगेका नेताहरुलाई पनि कोरोना भाइरसको परीक्षण गराइने भएको छ । कोरोना महामारी अन्त्य नभइसकेको अवस्थामा नेकपा एमालेले १० दशौ राष्ट्रिय महाधिवेशनका लागि हजारौं मानिस नारायणी किनारामा उतारेको थियो । 
अहिले पनि चितवनको सौराहामा एमालेको बन्दसत्र जारी छ ।