नेपालमा सक्रिय संक्रमितकाे संख्या ७ हजार १ सय ५६

नेपालमा सक्रिय संक्रमितकाे संख्या ७ हजार १ सय ५६

काठमाडौं । नेपलामा अझै पनि ७ हजार एक सय ५६ जनामा संक्रिय कोरोना भाइरस रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा देशभर २१३ जना कोरोनाका नयाँ संक्रमित फेला परेका हुन् । 

 ४ हजार ९ सय ७ जनामाको पिसीआर परिक्षण र १ हजार ७ सय २५ एन्टिजेन परिक्षण गर्दा २१३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

त्यस्तै सोही समयमा ३२५ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या ८ लाख २ हजार ४७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५२१ पुगेको छ ।

 निको हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

त्यस्तै पछिल्लो समय १ लाख १५ हजार ४३४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । 

हाल होम आइसोलेशनमा ६ हजार ७ सय ६१ जना, संस्थागत आइसोलेशनमा ३५९, सघन उपचार कक्षमा १७८ र भेन्टिलेटरमा  ३० जनाको उपचार भइरहेको छ ।