१० हजार ४४६ जनामा परिक्षण गर्दा २७० जनामा कोरोना संक्रमण पृष्टि

१० हजार ४४६ जनामा परिक्षण गर्दा २७० जनामा कोरोना संक्रमण पृष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २७० जनामा कोरोना संक्रमण पृष्टि भएको छ । 

देशभरि गरिएको १० हजार ४४६ जनाको नमूना परीक्षणबाट २७० जनामा संक्रमण पृष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

७ हजार ८२९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २४२ जनामा र २ हजार ६१७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २८ जनामा संक्रमण देखिएको थियो । 

त्यस्तै सोही समयमा थप ३०२ जना कोरोनामुक्त भएका छन् । योसँगै हालसम्म ८ लाख १ हजार ७२२ जनाले कोरोना जितेका छन् । 

नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार २८७ रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । 

त्यस्तै पछिल्लो २४ घन्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५१८ पुगेको छ ।