सुस्तायो घरजग्गा कारोबार, किन घट्दै छ ?

सुस्तायो घरजग्गा कारोबार, किन घट्दै छ ?

काठमाडौँ । पछिल्लो समय घरजग्गा कारोबार ओरालो लागेको छ । चालु आर्थिक वर्ष वर्षको सुरुका दुई महिना ९साउन–भदौ०मा घरजग्गा कारोबारले गति लिए पनि त्यसयता भने सुस्त भएको हो । गत वर्ष कोरोनाका बाबजूद घरजग्गा कारोबारले ऐतिहासिक रेकर्ड  बनाएको थियो । चालू आवको दुई महिना सोही गतिमा कारोबार भए पनि असोज यता घट्दो क्रममा रहेको छ ।

पछिल्लो समय बैंकिङ प्रणालीमा भएको चरम तरलता अभावको प्रभाव घरजग्गा कारोबारमा पनि परेको घरजग्गा व्यवसायीहरु बताउँछन् । तरलता अभावले सहजै ऋण पाउने अवस्था नहुँदा घरजग्गा किनबेच हुने क्रम पनि घटेको उनीहरुको भनाइ छ ।

पहिला मानिसले आफूसँग आधा पैसा भए पनि आधा बैंकबाट ऋण गरेर घरजग्गा किन्ने गर्थे, नेपाल जग्गा तथा आवास व्यवसायी महासंघका सदस्य विपिन चित्राकारले भने, अहिले बैंकबाट सहजै ऋण पाउने अवस्था छैन । महिनौं कुनुपर्ने अवस्था छ । यस्तोमा आफूसँग पैसा हुने बाहेकले घरजग्गा किन्न सक्ने अवस्था छैन् । त्यसैले कारोबार ह्वात्तै घटेको हो । बैंकबाट सहजै ऋण पाउने अवस्था भए फेरि कारोबारले गति लिने उनको भनाइ छ ।

यस्तै, पछिल्लो समय अर्थतन्त्र चलायमान हुँदा व्यक्तिहरुले बैंकमा जम्मा गरेर राखेको पैसा व्यापार व्यवसायमा लगाएकाले पनि कारोबारमा गिरावट आएको आकलन गरिएको छ । साथै, कित्ताकाट बन्द हुँदा भनेजस्तो टुक्रा जग्गा नपाउँदा पनि कारोबार केही घटेको व्यवसायीहरु बताउँछन् ।