नारायणी अस्पतालको इमर्जेन्सी शाखामा विद्यार्थीको तोडफोड

नारायणी अस्पतालको इमर्जेन्सी शाखामा विद्यार्थीको तोडफोड

पर्सा । कोरोना भाइरसविरुद्धको खोप लगाउन वीरगन्‍जस्थित नारायणी अस्पताल पुगेका विद्यार्थीको समूहले अस्पतालको इमर्जेन्सी शाखामा तोडफोड गरेका छन् ।

खोप लगाउने क्रममा भीडभाड भएको भन्दै अस्पतालले खोप बन्द गरिदिएपछि आक्रोशित बनेका विद्यार्थीको जमातले अस्पतालको इमर्जेन्सी शाखामा तोडफोड गरेका हुन् । उनीहरुले ढुंगामुडा गरेका थिए । स्थितीलाई नियन्त्रणमा लिन प्रहरी नै परिचालन गर्नुपरेको थियो । 

बिहीबार कोरोनाविरुद्धको खोप लगाउन अस्पताल परिसर पुगेका वीरगन्जका अधिकांश विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई भ्याक्सिन दिन रोक लगाइएपछि आक्रोशित बनेका थिए । 

भिडभाड अत्याधिक बढेपछि तत्काल भ्यकसिन दिन रोक लगाउँदा विधार्थीहरुले ढुंगामुडा गरेको नारायणी अस्पतालका निमित्त प्रमुख डा. बिरेन्द्रबहादुर प्रधानले जानकारी दिए ।

विधार्थीहरुले कोभिडको स्वास्थ्य मापदण्ड पूरा नगरी भीडभाड गरेकाले त्यसलाई व्यवस्थित गर्न भ्याक्सिन रोक्दा घटना भएको डा.प्रधानले जानकारी दिए ।