काठमाडौं । सरकारले एकै पटक ४९ जना सह–सचिवको सरुवा गरेको छ । बुधबारको बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको थियो । सोही निर्णय अनुसार बिहीबार सामान्य प्रशासन मन्त्रालयले ४९ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको हो ।
हालै सहसचिवमा बढुवा भएका १८ जनाको पदस्थापन तथा बाँकीको सरुवा गरिएको मन्त्रालयले जनाएको छ । संघका विभिन्न मन्त्रालय, प्रदेशका मन्त्रालयहरू र महानगरपालिकासम्ममा सरुवा तथा पदस्थापन भएको छ ।
संघीय माहिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह)का सह–सचिव रमेश अर्याललाई सरकारले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सरुवा गरेको छ भने संघीय माहिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह)का सह–सचिव देवराज जोशीलाई राष्ट्रिय महिला आयोग पठाइएको छ ।
को कहाँ पुगे सूचीसहित