८ हजार ९ सयमा कोरोना परिक्षण गर्दा ३०८ जनामा संक्रमण पृष्टि

८ हजार ९ सयमा कोरोना परिक्षण गर्दा ३०८ जनामा संक्रमण पृष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३०८ जनामा कोरोना संक्रमण पृष्टि भएको छ । देशभर गरिएको ८ हजार ९०९ जनाको नमूना परीक्षणबाट ३०८ जनामा संक्रमण पृष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

७ हजार १०४ जनाको पीसीआर विधिबाट परिक्षण गर्दा २८१ जनामा र १ हजार ८०५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २७ जनामा संक्रमण देखिएको हो । 

सोही समयमा थप २९८ जना कोरोनामुक्त भएका छन् । योसँगै ८ लाख १ हजार ४२० जना संक्रमित कोरोनामुक्त भएका छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप ३ जना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५१६ पुगेको छ। 

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ३४९ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।