नेप्सेमा सामान्य गिरावट

नेप्सेमा सामान्य गिरावट

काठमाडौं । साताको अन्तिम आज सेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट आएको छ । यसअघि हिजो १.८२ अंकले बढेको नेप्से आज भने सामान्य गिरावट आएको हो । 

आज सेयर कारोबार परिसूचक नेप्से ३.२२ अंकले घटेर २७३१.७८ बिन्दुमा बन्द भएको छ । त्यस्तै ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक भने ०.४५ अंकले बढेर ५१५.६४ अंकमा रोकिएको छ । 

आज कुल २३३ कम्पनीको ७४ लाख ८६ हजार ५७५ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७८ करोड ९७ लाख ९ हजार ३३१ रुपैयाँको कारोबार भएको छ ।

कुल १३ उपसमूहमा ३ समूहको सेयर मूल्य बढेको छ भने अन्य १० वटा समूहको सेयर मूल्य घटेको छ । 

बिहीबार पनि कारोबार रकमको आधारमा नेपाल टेलिकमले नै अग्रता कायम गरेको छ । कम्पनीले २६ करोड ५७ लाख १३ हजार रुपैयाँको कारोबार गरेको छ ।