मूल्यवृद्धि फिर्ता गर्न प्रधानमन्त्रीलाई संयुक्त विद्यार्थी संगठनको ज्ञापनपत्र

मूल्यवृद्धि फिर्ता गर्न प्रधानमन्त्रीलाई संयुक्त विद्यार्थी संगठनको ज्ञापनपत्र

काठमाडौं । पेट्रोलियम पदार्थमा वृद्धि गरिएको मूल्य समायोजन गर्नुपर्ने माग संयुक्त विद्यार्थी संगठनले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् । 

विभिन्न ६ विद्यार्थी संगठनले संयुक्त रुपमा सो ज्ञापन पत्र बुझाएका हुन् । सो क्रममा उनीहरुले मूल्यवृद्धिको विषयमा सम्बन्धित निकायसँग परामर्श गरी सकारात्मक निर्णय लिन प्रधानमन्त्रीसमक्ष आग्रह गरेका छन् । 

ज्ञापन–पत्रमा अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियन अध्यक्ष रुपनारायण श्रेष्ठ, विप्लव निकट अखिल क्रान्तिकरी अध्यक्ष प्रकाश शाही, मोहन वैद्य निकटअखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेललगायतको हस्ताक्षर रहेको छ ।