नेप्सेमा झिनो अंकको सुधार

नेप्सेमा झिनो अंकको सुधार

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा बुधबार झिनो अंकले सुधार भएको छ । आज नेप्से १.८२ अंकले बढेर २७३४.९४ अंकमा बन्द भएको छ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरूको मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने ०.८२ अंकले घटेर ५१५.२१ मा बन्द भएको छ।

नेप्सेमा २२७ कम्पनीको सेयर कारोबार हुँदा ७४ लाख ४५ हजार २२७ कित्ता सेयर कारोबार भएको छ । त्यस्तै ४ अर्ब २१ करोड ७४ लाख १५ हजार ३३६ रुपैयाँ ५२ पैसाको कारोबार भएको नेप्सेले जनाएको छ । 

आज १०२ कम्पनीको  सेयर मूल्य बढेको छ भने ७६ कम्पनीको सेयर मूल्य घटेको हो । त्यस्तै ९ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।