फेरि ओरालो नेप्से, आज ३३ अंकको गिरावट

फेरि ओरालो नेप्से, आज ३३ अंकको गिरावट

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ३३ दशमलव ९५ अंकले घटेको छ । आज ओरोलो लागेको नेप्से २७३३.१२ मा रोकिएको छ । 

उप समुहहरु अन्य बाहेक सबै घटेका छन् । सबैभन्दा बढी फाइनान्स ३.४ प्रतिशतले घटेको छ । त्यस्तै, जलविद्युत क्षेत्र २.३४ प्रतिशत, विकास बैंक २.२३ प्रतिशतले घटेको छ । त्यस्तै अन्य उप समूहको शेयर मूल्य भने ०.९४ प्रतिशतले बृद्धि भएको छ ।

आज २२७ वटा कम्पनीको ७४ लाख ४८ हजार ३६६ कित्ता शेयर खरिद बिक्री हुँदा ४ अर्ब १६ करोड ५८ लाख ९६ हजार ५७८ रुपैयाँको शेयर कारोबार भएको छ । 

आज सर्वाधिक कारोबार हुने कम्पनीमा नेपाल दुरसंचार कम्पनी (एनटिसी) रहेको छ । कम्पनीको आज एकैदिन ४० करोड ३ लाख ८३ हजार ३४३ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, नेशनल हाइड्रोपावरको ११ करोड ९६ लाख, महालक्ष्मी विकास बैंकको १० करोड २९ लाख, अपि पावरको १० करोड र अरुण काबेली पावरको ९ करोड ६९ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।