१६ सय रुपैयाँले घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

१६ सय रुपैयाँले घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं ।  सुनको भाउ आज १६ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९३ हजार ९ सय रुपैयाँ रहेको सुनको भाउ आज १६ सय रुपैयाँले घटेर ९२ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ घटेकाले नेपाली बजारमा पनि भाउ घटेको छ । महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यकाअनुसार अमेरिकाको केन्द्रीय बैंकको अध्यक्षमा जेरोम पावेल दोहोरिने सम्भावना भएसँगै सुनको भाउमा प्रभाव परेको हो ।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।